चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन, सीमाभन्दा माथिको कर्जा ५ किस्तामा तिर्न मिल्ने (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । भर्चुअल माध्मयममार्फत् पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेको हो ।

संशोधित मर्गदर्शनअनुसार १ करोडभन्दा तलको चालू पूँजी कर्जाको हकमा मार्गदर्शन लागू हुँदैन । त्यस्तै २ करोडभन्दा माथिका कर्जाको हकमा मागर्दशन लागू हुने व्यवस्था गरिएको छ । उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गराएको थियो ।

यस्तै बैंक तथा वित्तीय संस्थाले स्थिर चालुपूँजी कर्जा ‘परमानेन्ट वर्किङ क्यापिटल’ को लागि ५ वर्ष भन्दा माथिको आवाधिक कर्जा प्रदान गर्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै ३ देखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ ।

विगतमा प्रवाह भएको चालू पुँजी सम्बन्धी कर्जा चुक्ता गर्न समय दिने र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने गरी मार्गदर्शन संशोधन गरिएको  छ । विगतमा लिएको चालू पुँजी प्रकृतिको कर्जा आजका दिनमा नवीकरण गर्दा सीमाभन्दा बढी लिएको पाइए त्यस्तो कर्जा भुक्तानी गर्न २०८२ असार मसान्तसम्मको समय दिइने भएको छ ।

सीमाभन्दा बढी लिइएको कर्जा उद्योगी व्यवसायीले २०८० असार मसान्तदेखि २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको छ । कुनै ऋणीले २०८२ असार मसान्तभन्दा अगाडी कर्जा चुक्ता गर्न खोज्दा प्रि पेमेन्ट चार्ज वा अन्य कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।

हाल ५० लाख रुपैयाँ रुपैयाँ भन्दा माथिको कर्जामा मार्गदर्शन लागु हुने भएकोमा अब १ करोड रुपैयाँ भन्दा बढी चालू पुँजी प्रकृतिको कर्जा लिँदा मार्गदर्शन लागू हुने भएको छ । यस्तै, विगतमा स्थायी प्रकृतिको चालू पुँजी सम्बन्धी कर्जा ५ वर्षसम्म दिन पाईने व्यवस्था भएकोमा आगामी दिनमा स्थाई प्रकृतिको चालू पुँजी सम्बन्धी कर्जा ३ देखि १० वर्षसम्मका लागि दिन पाइने व्यवस्था गरिउको छ ।

यदी कुनै ऋणीले ऋण लिएको अवधभन्दा अगाडी नै कर्जा भुक्तानी गर्न चाहेका थप कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।