नेपाल टी–२० लिगको म्याच फिक्सिङबारे सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल टी–२० लिगमा भएको विवादको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

प्रतियोगितमा म्याच फिक्सिङ भएको आरोप लागेपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो ।

प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस विषयमा विवरणहरु सार्वजनिक भएसँगै सीआईबीले यसमा चासो देखाएको थियो । अनुसन्धानका लागि सीआईबीले छुट्टै टोलीको गठन समेत गरेको छ ।