इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र- दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन

काठमाडौं । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् ।

कादेश, बर्निया इजरायलमा रहेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको उल्लेख गरेका छन् । खाना र पानी खाँदा शौचालय जानुपर्ने भएकाले आफूहरु भोकैप्यासै त्यहाँ रहिरहेको पनि उनले उल्लेख गरेका छन्।

कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’

भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ–

सम्बन्धित समाचार