भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १०० जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बुधबार राति १० बजेतिर दुर्घटना भएको थियो ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी रहेको समाचारमा उल्लेख छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट निस्किएका छन् ।