एसीसी यू-१९ प्रिमियर कप: नेपालको घातक बलिङसामु निरीह इरान

एसीसी यू–१९ प्रिमियर कपमा इरानविरुद्ध नेपालले घातक बलिङ गरिरहेको छ।

नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरानले १४ ओभरको समाप्तीमा ५३ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ।
नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान २ विकेट लिए। आकाश चन्दले १ विकेट लिए।

त्यसअघि मलेसियाको वाइएसडी यूकेएम ओभल बाँगीमा इरानले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको नेपाल ४०१ ओभरमा ३ सय ५३ रन बनाउँदा अलआउट भयो।

इरानविरुद्ध कप्तान देव खनालले कीर्तिमनी शतक प्रहार गरे। देवले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे।

यू–१९ टोलीबाट दुई शतक हान्ने देव पहिलो खेलाड हुन्। यसअघि उनले गत फागुनमा आईसीसी यू(१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय पारी खेलेका थिए।

तेस्रो विकेटका लागि कप्तान देव खनाल र दीपक बोहोराले १ सय ६६ रनको शतकीय साझेदारी गरेपछि नेपाल विशाल योगफल बनाउन सहयोग गरे। बोहोरा र खनालले ९८ बलमा १ सय १६६ साझेदारी गरे।

दीपक ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए।

विकेटकिपर दीपक प्रसाद डुम्रे ६९ रनमा आउट भए। दीपेश कँडेल २९, आकाश चन्द १९, हेमन्त धामी २३, सुवास भण्डारीले १८ रन थपे।
आकाश त्रिपाठी ३ रनमा आउट हुँदा ओपनर अर्जुन कुमाल र मिलन बोहोरा गोल्डेन डक आउट भए।

इरानका लागि दद्रहमान राइसी र लमान निज्मान्दले समान ३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान दुई विकेट लिए।

सम्बन्धित समाचार