विश्वकप छनोट : पहिलो हाफमा नेपालविरुद्ध लाओसलाई अग्रता

फिफा विश्वकप २०२६ को एसिया छनोटको पहिलो चरण अन्तर्गत लाओसविरुद्धको खेलको पहिलो हाफमा १–० ले पछि परेको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिएको हो । ३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।

मैदानको मध्यभागबाट आयुष घलानको पास मनिष डाँगीले लिन नसक्दा लाओसका चोनी वेपासेर्टले कप्तानलाई दिएको पासमा नेपाल डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्दलाई बिट गर्दै गोलको पोस्टको जाली चुमेको थियो ।

त्यसअघि खेलको १३ औं मिनेटमा लाकेन लिम्बुको प्रहार क्रसबारको माथिबाट बाहिरियो । खेलको १७ औं मिनेटमा कप्तान तथा फरवार्ड वोउचन वोउङकोङको प्रहार गोलरक्षक किरण कुमार लिम्बुले सहजै बचाए ।

सम्बन्धित समाचार