अबका क्रिकेट प्रतियोगिताहरु नखेल्ने सन्दिपको घोषणा, लिए नाम फिर्ता

क्रिकेटर सन्दिप लामिछानेले अब क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् ।

गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरुबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतिपूर्ण समयबाट गुज्रिहरेको छु ।’ यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।

‘मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरुका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद,’ उनले लेखेका छन् ।

लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उनीविरुद्धको मुद्दाको पेसी बिहीबार पनि स्थगित भएको छ ।

क्रिकेटर लामिछानेले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

सम्बन्धित समाचार