इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजातर्फ सर्न निर्देशन दिएको छ ।
हमासले शनिबार अप्रत्याशित आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघले भने इजरायलको सो सूचना तत्कालको अवस्थामा कार्यान्वयन हुन नसक्ने जनाएको छ । सो निर्णयका कारण ठूलो मानवीय विपत्ती हुन सक्ने भन्दै राष्ट्रसंघले इजरायललाई सो निर्णय सच्याउन भनेको छ ।
गाजामा नाकाबन्दी गरेर पानीदेखि खाद्यान्न र बिजुलीसम्म रोकेको इजरायलले गाजामा ठूलो आक्रमणको तयारी गरिरहेको छ । इजरायलले ६ दिनमा ६ हजार बढी बम प्रहार गरिसकेको जनाएको छ । निकै ‘अफेनसिभ’ भएको इजरायलले थप आक्रामक आक्रमण गर्न वादी क्षेत्र खाली गर्न इजरायलले उर्दी जारी गरेको हो ।
शनिबारदेखि जारी युद्धमा दुवै तर्फ गरेर करिब ३ हजार मानिसको मृत्यु भइसकेको छ भने १० हजार बढी घाइते भएका छन् ।