विश्वकप फुटबलको एसिया छनोटमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।
मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको हो ।
नेपालको जितमा मनिष डाँगीले खेलको ५३ औँ निर्णयक गोल गरे । अन्जन विष्टको उत्कृष्ट पासलाई मनिषले गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा नेपालको खतरा टार्दै कप्तान किरण चेम्जोङले पाहुना टोलीको अग्रतालाई जोगाएका थिए ।
यसअघि काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे । दोस्रो चरणमा नेपालले समूह एचमा बहराईन, युएई र यमसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्ने छ।