औषधि व्यवस्था विभागले तीनवटा औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक लगाएको छ ।
धनुषाको लोमस प्यारेन्टल एण्ड फर्मुलेसनबाट उत्पादित ब्याच नम्बर डब्लुवाइ २४५ को एनएस ५००एमएल र आरएल ५०० एमएल (स्लाइन वाटर)मा समस्या देखिएको हो ।
त्यस्तै, भारतको एग्लोम्ड लिमिटेडबाट उत्पादित ब्याच नम्बर एन१६२२०६ को पानोपाज नामक औषधिमा पनि खराबी देखिएको हो । यी तीन औषधि राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरयि पाइएको विभागले जनाएको छ ।
यी ब्याचका औषधि तत्काल बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न विभागले उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।
साथै बिक्रीमा रोक लगाइएका औषधि सिफारिस तथा प्रयोग नगर्न पनि विभागले सबैमा अनुरोध गरेको छ ।