बिहीबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपातीको हर्षबढाइँको पूर्वाभ्यास गरेको छ ।
फूलपाती तयारको लागि शुक्रबार अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्षबढाइँ समारोहको पूर्वाभ्यास गरेको हो ।
सेनाले परम्परादेखि हर्षबढाईँपूर्वक दसैँको फूलपाती भित्र्याउने गर्दछ। त्यसक्रममा सेनाले तोप पड्काउनुका साथै विभिन्न आकर्षक गतिविधि प्रस्तुत गर्दछ।
तोप पड्किरहँदा सर्वसाधारणले समेत चासोपूर्वक सेनाको गतिविधि नियालिरहेका थिए।
यसवर्ष बडादसैँको फूलपाती कात्तिक ५ गते परेको छ।