नेदरल्यान्ड्ससँग फराकिलो हारसँगै बंगलादेश विश्व कपबाट बाहिरियो

आईसीसी विश्व कप क्रिकेटमा विश्वकप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्ससँग फराकिलो पराजयसँगै बंगलादेश विश्वकपबाट बाहिरिएको हो ।

नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ४२ ओभर दुई बलमा एक सय ४२ रनमात्र बनाएर अलआउट भएको थियो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो ।

जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ। पराजित भएको बङ्लादेश नवौं स्थानमा पुगेको छ। जम्मा २ अंक रहेको बङ्लादेश अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनलमा पुग्ने छैन ।

यस्तै, विश्व कप क्रिकेट अन्तर्गत शनिबार नै भएको पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ। अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो ।

जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । न्यूजिल्यान्ड चार नै खेलमा ८ अंकसहित नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ।

सम्बन्धित समाचार