आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्तगत आज भइरहेको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्। वार्म अपमा घाइते भएपछि अलराउन्डर ऐरी आईसिसी टी २० विश्वकप छनोटमा सिंगापुरविरुद्ध बाहिर भएका छन् । उनको स्थानमा विवेक यादवले खेलिरहेका छन् ।
खेलको अन्तिम समयमा कुनैपनि घाइते भएका विपक्षी टोलीको सहमतीमा खेलाडी परिवर्तन गर्न मिल्छ । त्यसैअनुसार विवेक यादवले उनको स्थान लिएका हुन् । ऐरीको खुट्टा मर्किएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले १२४ रन जोड्दा ७ विकेट गुमाएको छ ।