भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छँदैछ, उनीहरुलाई खाद्यान्नको समेत अभाव हुँदैछ ।
सदरमुकाम आसपास थुप्रै पक्की घर भए पनि शुक्रबार गएको ६।४ रेक्टर स्केलको भूकम्पले घरहरु चर्किएका छन् । त्यसमाथि सोमबार पनि ५।८ रेक्टर स्केलको भूकम्प जाँदा थप क्षति हुँदा मानिसहरु बाहिर निस्किएका छन् । त्यस्तै रुकुम पश्चिमको अवस्था पनि त्यस्तै छ । भूकम्पले घरसँगै खाद्यान्न र लत्ताकपडा पुरिएका छन्। अधिकांश पीडितसँग एकसरो कपडाको भरमा छन्।
पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ। सहयोगी निकायले दिएको केही थान त्रिपाल र चामल मात्र पाएका छन्। परिवार र आफन्त गुमाएका नागरिकका आँसु पुछिदिने कोही छैन। सरकारले घोषणा गरेको राहत सामग्री पीडितको हातमा पुगेको छैन।
तर, राज्यका उच्च पदस्थहरू भूकम्प पीडितको आँसुमा रमिता गरिरहेका छन्। भूकम्प गएकै भोलिपल्ट कार्यकारी नेतृत्व नै घटनाको स्थलगत अनुगमन गरिसकेपछि पनि अनुगमनका नाममा भिआइपीको लस्कर रोकिएको छैन।
पीडितलाई तत्काल राहत दिनुको पुर्याउनुका सट्टा भिआइपीहरूले शक्ति प्रदर्शन जस्तै गरेर व्यर्थको अनुगमन गरेर राज्य शक्ति र स्रोतको दुरुपयोग गरेका छन्। आतंक नै मच्चाउने गरी भिआइपीहरूले अनुगमनका नाममा स्वार्थको राजनीतिक गरेका छन्।
जिल्लामा दिनहुँ भिआइपीको ओइरो लागेपछि प्रशासनिक निकायले सुरक्षा व्यवस्थापनमा कठिनाइ भएको छ। सिंगो प्रशासनिक निकाय नै भिआइपीको सुरक्षामा लागेपछि राहत वितरणमा ढिलाइ भएको छ।
भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छँदैछ, उनीहरुलाई खाद्यान्नको समेत अभाव हुँदैछ । सदरमुकाम आसपास थुप्रै पक्की घर भए पनि शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पले घरहरु चर्किएका छन् । त्यसमाथि सोमबार पनि ५.८ रेक्टर स्केलको भूकम्प जाँदा थप क्षति हुँदा मानिसहरु बाहिर निस्किएका छन् । त्यस्तै रुकुम पश्चिमको अवस्था पनि त्यस्तै छ । भूकम्पले घरसँगै खाद्यान्न र लत्ताकपडा पुरिएका छन्। अधिकांश पीडितसँग एकसरो कपडाको भरमा छन्।
पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ। सहयोगी निकायले दिएको केही थान त्रिपाल र चामल मात्र पाएका छन्। परिवार र आफन्त गुमाएका नागरिकका आँसु पुछिदिने कोही छैन। सरकारले घोषणा गरेको राहत सामग्री पीडितको हातमा पुगेको छैन।
तर, भिआइपी ९राज्यका उच्च पदस्थ०हरू भूकम्प पीडितको आँसुमा रमिता गरिरहेका छन्। भूकम्प गएकै भोलिपल्ट कार्यकारी नेतृत्व ९प्रधानमन्त्री० नै घटनाको स्थलगत अनुगमन गरिसकेपछि पनि अनुगमनका नाममा भिआइपीको लस्कर रोकिएको छैन।
पीडितलाई तत्काल राहत दिनुको पुर्याउनुका सट्टा भिआइपीहरूले शक्ति प्रदर्शन जस्तै गरेर व्यर्थको अनुगमन गरेर राज्य शक्ति र स्रोतको दुरुपयोग गरेका छन्। आतंक नै मच्चाउने गरी भिआइपीहरूले अनुगमनका नाममा स्वार्थको राजनीतिक गरेका छन्।
जिल्लामा दिनहुँ भिआइपीको ओइरो लागेपछि प्रशासनिक निकायले सुरक्षा व्यवस्थापनमा कठिनाइ भएको छ। सिंगो प्रशासनिक निकाय नै भिआइपीको सुरक्षामा लागेपछि राहत वितरणमा ढिलाइ भएको छ।भूकम्पपीडित ओत लाग्ने त्रिपाल उठाएर राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गरिएको छ। मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न राष्ट्रपति जाजरकोट आएका थिए।
त्रिभुवन माविको प्रांगणमै राष्ट्रपति सवार हेलिकोप्टर बसाल्ने भएपछि त्यहाँ भूकम्पपीडित ओत लाग्न बनाइएका टेन्टहरू हटाउनुपरेको थियो।
राष्ट्रपति आउनुअघि धुलो नउडोस् भनेर प्रांगणमा पानी हालिएको थियो। तर, थोरै भागमा पानी हालिएका कारण राष्ट्रपति सवारी हेलिकोप्टरले पीडितका लागि पठाइएका राहत सामग्री धुलाम्य बन्न पुगे।
सरकारलाई निर्देशन दिनेबाहेक भूकम्प पीडितका लागि राष्ट्रपति स्वयंले केही पनि गर्न पाउँदैनन्। निर्देशन दिने वा जानकारी लिने काम राष्ट्रपतिले काठमाडौंमै बसेर गर्न सक्थे।
राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा आएपछि मंगलबार दिनभर राहत ढुवानी रोकिएको छ। राष्ट्रपति प्रभावित क्षेत्रमा रहुन्जेल अर्का हेलिकोप्टर स्टेन्टवाई उद्दारका लागि तयारी अवस्थामै राख्नुपर्ने भएका कारण दुईवटै हेलिकोप्टरले राहत सामग्री ढुवानी गर्न पाएनन्।
एउटा हेलिकोप्टरले राष्ट्रपतिलाई घुमाउनुपर्ने र अर्को हेलिकोप्टर स्टेनवाई राख्नुपर्ने भएपछि मंगलबार दिनभर राहत सामग्रीको ढुवानी रोकिएको प्रशासनिक स्रोतले जनाएको छ।
राष्ट्रपति नआएको भए मंगलबार सुर्खेत, नेपालगञ्ज र दाङबाट नेपाली सेनाले राहत सामग्री हेलिकोप्टरबाट बारेकोट, कुसे र नलगाडका प्रभावित क्षेत्रमा ढुवानी गर्ने कार्यतालिका थियो। भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पुर्याउने कमाण्ड संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सम्हालिरहेका छन्।
संकटको समयमा यही क्षेत्रकै नेता भएका कारण उपप्रधानमन्त्री खड्काले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन्। एक हिसाबले भन्दा पीडित बस्तीमै राहत पुर्याउन ठूलो योगदान छ।
प्रभावित बस्तीमा पुगेर अनुगमन गर्ने राहत नपुगेको भए तत्काल ठाउँका ठाउँ टेलिफोन गरेर राहत पुर्याउन निर्देशन दिँदै आएका छन्।
राहत वितरणकै लागि उनी काठमाडौं नगएर सुर्खेतबाट संघीय सरकारको कमाण्ड सम्हाली रहेका छन्। घाइतेको उद्दार र पीडित नागरिकको बस्तीसम्म राहत पुर्याउन नेपाली सेनाका सबै हेलिकोप्टरहरू सुर्खेतमै राखिएका छन्।
दुर्भाग्य, राहतका लागि सुर्खेतमा राखिएका हेलिकोप्टरमा भने अनुगमनका नाममा नेताहरू मस्ती गर्न थालेका छन्। सोमबार मात्रै अनुगमनका नाममा नेताहरूले मस्ती गरेका छन्।
प्रभावित क्षेत्रमा राहत पुर्याउनुको सट्टाको उपप्रधान मन्त्रीसहित, जलस्रोत ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसी, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र नेपाली कांग्रेसका प्रदेश पार्टी सभापति ललितजंग शाही, नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्याय र कान्तिपुर टेलिभिजनमा कार्यरत देव रानाले शयर गरे।
उनीहरू पीडित बस्तीमै नपुगेर नेताहरूले हेलिकोप्टरबाट नै प्रभावित क्षेत्रको अनुगमन गरे। जिल्ला सदरमुकामका कोही बस्तीमा स्थलगत अनुगमन गरे पनि रिम्ना, बारेकोट, कुसे र आठविसकोटमा हेलिकोप्टर बस्ने स्थानमै स्थानीयसँग राहत वितरण र प्रभावित नागरिकको जानकारी लिए।
जुन अनुगमन कुनै पनि हिसाबले आवश्यक थिएन। बरु अनुगमनको सट्टा राहत सामग्री सम्बन्धित ठाउँमा पुर्याएको भए पीडितलाई केही राहत हुन्थ्यो। तर, सोमबार दिनभर नेपाली सेनाको हेलिकोप्टर नेताहरूलाई प्रभावित क्षेत्रमा घुमाउनमै व्यस्त भयो।