हेटाैँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वासको मत पाएका छन्। हेटौंडामा बिहीबार भएको विशेष साधारण सभामा भएको मतदानमा ५३ मत खसेको थियो । जसमा नेम्बाङले ५२ मत पाए भने विपक्षमा एक मत पनि खसेन। १ मत बदर भएको थियो ।
गत भदौ २५ मा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए। नेम्वाङको विश्वासको मतका लागि आज विशेष साधारण सभा गरिएको हो।