फुटबल डिफेण्डर दिनेश राजवंशी पक्राउ परेका छन् । प्रहरी वृत्त, दरबारमार्गले राजवंशीसहित उनीसहित उनका ३ जना साथीहरुलाई बुधबार साँझ पक्राउ गरेको गरेको हो । राजवंशीसहित पक्राउ परेका ४ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि ७ दिन म्याद लिइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर उनीहरुविरुद्ध अनुसन्धानका लागि समय लिइएको हो ।
राजवंशी नेपाल सुपर लिगको दोस्रो सिजन खेल्न अष्ट्रेलियाबाट आएका थिए । एनएसएलको पोखरा थन्डर्सले शुक्रबार दिनेशलाई नेपालमा स्वागत गरेको थियो । पोखराले उनलाई संस्करणका लागि दिनेशलाई आफ्नो आईकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको थियो । उनले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए ।
दिनेश यसअघि राष्ट्रिय टोलीमा रहँदा अनुशासन तोडेको कारण एन्फाको कारवाहीमा पनि परेका थिए । ४ वर्षअघि दिनेशसहित ४ खेलाडीले राष्ट्रिय टोलीको क्याम्प छोडेर बाहिर गएका कारण एन्फाले कारवाही गरेको थियो । त्यसबेला दिनेशले राष्ट्रिय टोलीबाट बाहिर रहनुका साथै १३ औं दक्षिण एसियाली खेलकुद र ए डिभिजन लिगमा पनि केहि खेल गुमाएका थिए ।
अघिल्लो सिजन ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले अनुबन्ध गरेपछि दिनेशले जनवरी २०२३ मा नेपाल छोडेर अस्ट्रेलिया गएका थिए । उनले लिग सुरु हुनुअघि नै नेपाल छाडेका थिए ।