गाजा पट्टीमा ब्ल्याकआउट, इन्धन अभावका कारण इन्टरनेट र मोबाइल सेवा ठप्प

एजेन्सि । गाजा पट्टीमा इन्धन अभावका कारण इन्टरनेट र मोबाइल सेवाहरू बन्द छन्। इन्धन अभावका कारण जेनेरेटर चलेका छैनन् । यी जेनेरेटरले मोबाइल टावर चलाउँदै आएका थिए ।

दूरसञ्चार कम्पनी पल्टेल र जावालले आफ्नो नेटवर्क चलाउन आवश्यक इन्धन सकिन लागेको बताएका छन् । पाँच हप्ताअघि इजरायल र हमाससँगको युद्ध सुरु भएयता त्यहाँ एउटा मात्र इन्धनको डेलिभरी भएको छ।

संयुक्त राष्ट्रसंघले ब्ल्याकआउटका कारण मानवीय सहायता कार्य अवरुद्ध भएको जनाएको छ । यद्यपि, शनिबार, इजरायलले गाजामा हरेक दिन दुईवटा इन्धन ट्रकहरू प्रवेश गर्न अनुमति दिने बताएको थियो।

सम्बन्धित समाचार