‘मिस युनिभर्स’को उपाधि निकारागुआलाई, नेपाल शीर्ष २० मा सीमित

‘मिस युनिभर्स २०२३’ को उपाधि निकारागुआकी सेनिसस पलासियोसले जितेकी छिन् । आइतबार बिहान एल-साल्भाडोरामा भएको फिनालेमा उनले ताज पहिरिएकी हुन् ।

दक्षिण अमेरिकी देश निकारागुआले पहिलो पटक मिस युनिभर्सको ताज जितेको हो । आमसञ्चार र पत्रकारितामा स्नातक गरेकी २३ वर्षीया सेनिसस पेसाले टेलिभिजन होस्ट हुन् ।

त्यसैगरी, थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनरअप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेन्ड रनरअप घोषित भइन् ।

मिस युनिभर्समा नेपालीबाट जेन दीपिका गारेट प्रतिस्पर्धामा उत्रिएकी थिइन् । अन्तर्राष्ट्रिय मिडियामा गारेटको निकै चर्चा भए पनि नेपाल टप २० भन्दा माथि उक्लन सकेन।

टप १० मा अटाउन नसके पनि ब्युटी पेजेन्टको इतिहासमा यसपटक नेपालले सर्वाधिक चर्चा बटुल्यो । प्लस साइजकी प्रतियोगी भएकाले दीपिकाले सौन्दर्य प्रतियोगिताको मापदण्ड भत्काएको भन्दै तारिफ बटुलिन् ।

सम्बन्धित समाचार