पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार बिहान रियो दि जेनेरियोमा भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु-याउन पर्याप्त बन्यो । क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा पुगेका थिए ।

यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई ४–० ले हराएको थियो । ब्राजिलले अब अर्जेन्टिना र कोलम्बियाबिच भोलि हुने दोस्रो सेमिर्फानल खेलको विजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार