बार्सिलोना नकआउट चरणमा प्रवेश

क्याटलान क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । पाँच पटकको च्याम्पियन बार्सिलोना सन् २०२०–२१ पछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।

मंगलबार राति भएको खेलमा समूह ‘एच’ को खेलमा पोर्तोलाई २–१ ले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा १–० ले पछि परेको बार्साले पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

खेलको ३० औं मिनेटमा एक्विनो कोसाको गोलमा पोर्तोले सुरुआती अग्रता बनाएको थियो । त्यसको २ मिनेटमा नै जाआओ क्यान्सेलोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा बार्साले थप १ गोल थप्यो । खेलको ५७ औं मिनेटमा जोआओ फ्रिलिक्सको गोलमा बार्सिलोनाले २–१ को अग्रता बनायो ।

पराजित पोर्तो र शख्तर डोनेक्टुसको समान ९ अंक छ । बार्साले भने १२ अंक बनाएको छ । यो समुहमा रहेको रोयल एन्टवग अंक विहिन रुपमा पुछारमा छ ।

सम्बन्धित समाचार