इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लासँग आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । गएराति भएको खेलमा आर्सनललाई १–० गोललले स्तब्ध बनाउँदै भिल्ला विजयी बनेको हो ।

भिल्लाका जोन म्याक्जिनले एक गोल गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गरेको गोलसँगै भिल्लाको जितका लागि निर्णायक बन्यो ।

यो जितसँगै भिल्ला १६ खेलबाट ३५ अंकका साथ तेस्रो स्थानमा यथावत रहेको छ भने पराजित भएको आर्सनल ३६ अंकका साथ दोस्रो स्थानमा छ ।

भिल्लासँगको हारले आर्सनलले शीर्षस्थानको अवसर समेत गुमाएको छ । शीर्षस्थानमा रहेको भिरपुलको ३७ अंक छ ।

सम्बन्धित समाचार