पोखराबाट बस चोरी गरेर चितवन पुर्याएको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत शुक्रबार राति पोखरा महानगरपालिका-९, पृथ्वीचोकमा पार्किङ गरेको ग १ ख ९६३८ नम्बरको बस हराएको थियो ।
उक्त बस हराएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले मातहत प्रहरी कार्यालय तथा अन्य जिल्लाका प्रहरी कार्यालयमा पनि जानकारी गराई खोजतलास थालेको थियो।
खोजतलासका क्रममा उक्त बस तनहुँको म्याग्दे गाउँपालिका-३ का १७ वर्षीय किशोरले चोरी गरेको पत्ता लागेको हो ।
किशोरको परिचय प्रहरीले गोप्य राखेको छ । उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।