गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वभरबाट समर्थन गुमाउँदै छ: अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइलले दुनियाभरबाट समर्थन गुमाउँदै गएको बताएका छन् । गाजामा अन्धाधुन्ध बमबारी गरिरहेका कारण इजरायलले विश्वभरबाट समर्थन गुमाउँदै गएको बाइडेनको भनाइ छ ।

मंगलबार एक फन्ड रेजिङ कार्यक्रममा बाइडेनले यस्तो टिप्पणी गरेका हुन् । जसलाई अमेरिकाको तर्फबाट इसरायलका सन्दर्भमा गरिएको अहिलेसम्मकै सबैभन्दा कडा आलोचनाका रुपमा हेरिएको छ ।

गत अक्टुबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको हमलापछि अमेरिकाले खुलेरै इजरायलको समर्थन गर्दै आएको थियो । यद्यपि राष्ट्रपति बाइडेनले अहिले पनि अमेरिका इजरायलको पक्षमा रहेको बताए ।

तर, इजरायललाई सचेत गराउने भाषामा बाइडेनले भने, ‘इजराइलको साथमा अमेरिका उभिएको छ । अहिले उसँग अमेरिका अलवा अरु पनि छ । उसँग युरोपेली संघ छ, युरोप छ, उसको साथमा विश्वको अधिकांश हिस्सा छ । तर अन्धाधुन्ध बमबारीका कारण इजरायलले समर्थन गुमाइरहेको छ ।’

हमासमाथि कारबाही गर्ने विषयलाई लिएर कुनै प्रश्न नभएको बाइडेनको भनाइ छ । ‘हमासमाथि कारबाही गर्ने आवश्यकतालाई लिएर कुनै प्रश्न छैन । र इजराइललाई यस्तो कारबाही गर्ने अधिकार पनि छ,’ बाइडेनले भने ।

पछिल्ला दिनहरुमा अमरेकाले इजरायललाई ‘मानव जीवनलाई प्राथमिकता दिन’ आग्रह गर्दै आएको छ । गाजाका बासिन्दालाई जारी संघर्षबाट बचाउनका लागि स्पष्ट निर्देश दिन पनि अमेरिकाले भन्दै आएको छ ।

विश्वका अन्य कयौं देश, संयुक्त राष्ट्रसंघ र मानवाधिकारसँग सम्बन्धित संस्थाहरुले गाजामा इसरायलले गरिरहेको बमबारीको कडा आलोचना गर्दै आएका छन् ।

७ अक्टुबरभन्दा पछि इजरायलले गरेको बमबारीका कारण गाजा क्षेत्रमा १८ हजार ४०० बढी मानिसहरु मारिएका छन् । अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार २०० जना मारिएका थिए ।

सम्बन्धित समाचार