रुस–युक्रेन युद्धमा कैलालीका एक युवकको मृत्यु भएको छ ।रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु हो । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । भरतको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रबार मात्र खबर पाएका तिए ।
दुबईको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएका थिए । भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएका थिए। शाह पूर्वप्रहरी पनि हुन् ।
भरतका श्रीमती, नाबालक छोरा र छोरी छन् ।