चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने कान्सु प्रान्तमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको हो। त्यस्तै भूकम्पमा परेर दुईसय भन्दा धेरै घाइते भएका छन् ।
कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाए आज बिहान स्थानीय समय अनुसार २ बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । रातिदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।