आजदेखि यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज (असार २४ गते) देखि  खुलेको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

निष्कासन गरिएको सेयरमा ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई र बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा छिटोमा असार २८ गतेसम्म र ढिलोको साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एपमार्फत पनि आइपीओमा आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार