प्रधानमन्त्री प्रचण्डको प्रश्न – के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा अत्यन्त चिन्ताजनक र चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन्।

सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले मंगलबार ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको बताएका हुन् ।

‘अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजन र चारैतिर हिनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेकोको देखिरहेको छु। ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको छ। एकथरि तत्त्वले त नियोजितरूपले नै यो मानसिकतालाई मलजल गरिरहेका छन्,’ उनले सम्बोधनका क्रममा भने ।

उनले देशमा सबै नराम्रो मात्र भइरहेको वातावरण बनाउने प्रयास भइरहेको टिप्पणी गरेका हुन् । एकथरीले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरेको भन्दै उनले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ?’ नकारात्मक र हीन भावनाले सम्भव कामलाई पनि असम्भव बनाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

सम्बन्धित समाचार