काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धमा रुसी सेनाको तर्फबाट खटिएका तीनजना नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।
यसअघि रुसी सेनाम गएका ७ जनाको मृत्यु भएको थियो । योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।मृतको नाम ठेगान केहीवेरमा सार्वजनिक हुने बताइएको छ ।