विश्व बैंकले १० करोड डलर ऋण सहायता दिने

विश्व बैंकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि थप १० करोड डलर ऋण सहायता उपलब्ध गराउने भएको छ ।

बिहीबार विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपाल सरकारको ‘फ्लेगसिप’ विद्यालय क्षेत्रको विकास कार्यक्रम र स्वास्थ क्षेत्रको सार्वजनिक संसाधन व्यवस्थापन दक्षता सुधार गर्न दुबै क्षेत्रमा ५/५ करोड डलर सहयोग अनुमोदन गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ । नेपाल, श्रीलंका र माल्दिम्भसका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताएका छन् ।

विद्यालय संकाय विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने सहायताले विद्यालय छोड्ने र पढाइमा भइरहेको घाटाको समस्यालाई समाधान गर्ने विश्व बैंकको विश्वास छ । यसबाहेक नेपालको स्वास्थ क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रमका लागि प्रदान गरिने ५ करोड डलरको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको रणनीति कार्यन्वयनलाई थप एक वर्षसम्म सहयोग पुर्याउँदै दिगो परिणाम हासिल गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार