आईसीसी यू–१९ विश्वकप: सुपर सिक्समा पुग्न अफगानिस्तानसँग जित्नैपर्ने दबाबमा नेपाल

आईसीसी यू–१९ विश्वकपमा नेपाल र अफगानिस्तान पहिलो पटक भिड्दैछन् ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार दिउँसो नेपाली युवा टोलीले अफगानिस्तानसँग खेल्दैछ । इस्ट लन्डनमा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा पराजित नेपाल र अफगानिस्तान दुवै टोलीको नजर सुपर सिक्समा छ । आजको खेलमा पराजित हुने टोली सुपर सिक्स पुग्ने छैन ।

समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्डले सुपर सिक्स यात्रा पक्का गरिसकेका छन् । अब नेपाल र अफगानिस्तानमध्ये एक टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । त्यसका लागि यी दुवै टोलीलाई जित चाहिएको छ ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग १ सय ८१ रनको फराकिलो हार भोगेको थियो। दोस्रो खेलमा भने न्युजिल्याण्डले १ विकेटको साघुँरो जित निकालेको थियो।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

काठमाडौं । आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज जितको दबाबसहित अफगानिस्तानविरुद्ध खेल्दै छ ।

यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।

आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।

सम्बन्धित समाचार