युरोकपको उपाधिका लागि इटाली र इंग्ल्यान्ड खेल्दै

१६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली जारी युरो कपमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् ।

बेलायतको राजधानि लण्डनस्थित ऐतिहासिक वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने १ बजे यो खेल हुनेछ । यही रंगशालमा इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फुटबल जितेको थियो ।

त्यसपछि कुनैपनि मुख्य प्रतियोगिताको फाईनलमा पुग्न नसकेको इंग्ल्याण्ड आज उपाधि खडेरी तोड्ने अभियानमा रहेको छ । तर इटाली विरुद्धको खेल त्यती सहज हुने छैन । चार पटकको विश्वकप विजेता इटालीले युरोकप भने एक पटक मात्रै जितेको छ ।

सन् २००० र २०१२ को फाईनलमा क्रमशः फ्रान्स र स्पेनसँग हारेको इटाली यसपटक भने उपाधि लिएरै रोम फर्कने लक्ष्यमा छ । इटालीले क्वाटरफाईनलमा बेल्जीयमलाई हराएको थियो भने सेमिफाईनलमा स्पेनलाई पाखा लगाएको थियो ।

उता इंग्ल्याण्डले क्वाटरफाईनलमा युक्रेनलाई घर फर्काउँदा सेमीफाईनलमा डेनमार्कलाई हराएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार