अदालतलाई प्रभावित पार्ने शब्द राखेको भन्दै मस्यौदामा नेपालको असहमति

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको कार्यदलले समस्या हल गर्न नसक्ने देखिएको छ । कार्यदलले तयार पारेको मस्यौदामा वरिष्ठ नेता माधव कुमार नेपालले असहमति प्रकट गरेपछि एमालेभित्रको विवाद नसुल्झिने देखिउको हो ।

नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने खालका शब्द प्रयोग भएकोमा असहमति जनाउँदै मस्यौदा फिर्ता गरेका छन् । कार्यदलका एक सदस्यका अनुसार मस्यौदामा रहेको एक शब्दावलीमा नेता नेपालले असहमति जनाएका हुन् ।

मस्यौदामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिइएको हस्ताक्षर फिर्ता लिने कुरा उल्लेख छैन । तर एमाले एकताबद्ध भएपछि कुनै पनि गठबन्धनमा एमाले नरहेको प्रष्ट हुने खालको आशय व्यक्त गरिएको छ । त्यसमा नेपाल असन्तुष्ट छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार