नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ

काठमाडौंको सिंहदरबारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ परेका छन् ।

सिंहदरबार गेट अगाडि प्रदर्शन गरिरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रनेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणीगेटमा प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरूहरूले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक हरि बस्नेतले जानकारी दिए । अभियन्ताहरूलाई प्रहरीले नगर प्रहरी कार्यालयमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार