क्यानद्वारा दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छुट्टाछुट्टै क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट संघले घरेलु मैदानमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आइतबार नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले यसै साता हुने क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला र त्यसलगत्तै सुरु हुने आईसीसी विश्व लिग(२ अन्तर्गतको शृंखलाका लागि राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

क्यानडासँगको शृंखलाका लागि घोषित टिममा क्यानले भर्खरैमात्र यू–१९ विश्वकप र प्रधानमन्त्री कप खेलेका खेलाडीलाई समेटेको छ । यस्तै, लिग–२ का लागि घोषित टिममा भने पुरानै खेलाडीलाई निरन्तरता दिइएको छ ।

लिग–२ को शृंखलाका लागि क्यानले चार खेलाडीलाई रिजर्भमा राखेका छ । क्यानले प्रतिस जिसी, देव खनाल, अनिल साह र विवेक यादवलाई रिजर्भ खेलाडीमा राखेको छ ।

क्यानडाविरुद्धको शृंखलाका निम्ति घोषित नेपाली टिम:
रोहितकुमार पौडेल, आसिफ सेख, देव खनाल कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द, अनिल साह ।

लिग–२ का लागि घोषित टिम:
रोहितकुमार पौडेल, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ, रिजन ढकाल ।

सम्बन्धित समाचार