पूर्वमाओवादी नेताहरुको दाबी आयोगद्वारा अस्वीकार, माओवादी केन्द्र वैधानिक ठहर

पूर्वमाओवदी नेताहरुले नेकपा (माओवादी केन्द्र) को वैधानिकतामाथि प्रश्न उठाउँदै दिएको निवेदन खारेज भएको छ ।

निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको भन्दै उनीहरुले दिएको निवेदन खारेज गरिदिएको हो । आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आयोगले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा माओवादी वैधानिक रहेको ठहर गरेको हो ।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी गर्दै खारेजीको निवेदन दिएका थिए ।

आयोगले पूर्वमाओवादी नेताहरूको दाबीलाई अस्वीकार गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार