मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई)बाट निर्मित फोटोलाई लेबल गर्ने तयारी गरेको छ ।
मेटाको यो प्रयास सफल भए एआईबाट निर्मित फोटो यसका सामाजिक सञ्जालमा पोस्ट गर्दा एआईबाट बनेको हो भन्ने जानकारी देखिनेछ । मानिसहरूलाई झुक्याउन एआईबाट निर्मित फोटोहरू राख्नेलाई निरुत्साहित पार्न मेटोले यो प्रयास थालेको हो ।
फोटो बनाउन सक्ने मेटाको आफ्नै एआई टुलबाट बनेका फोटोहरूलाई कम्पनीले लेबल लगाउने काम गरिसकेको छ ।
मेटोको ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले मंगलबार अन्य कम्पनीको एआईबाट बनेका फोटोहरूबारे यस्तो काम गर्न थालेको बताएका छन् ।
मेटाको एआई टुलले मेटाडेटा र अदृश्य वाटरमार्क राख्दै अन्य संस्थालाई एआईबाट निर्मित तस्बिर हो भनेर जानकारी गराउँछ ।
कम्पनीले गुगल, माइक्रोसफ्ट, ओपनएआई, एडोबी, मिजोर्नी र सटरस्टकबाट पनि यस्तै पहिचान गर्न सकिने उपकरणको विकास थालेको बताएको छ ।
एआईबाट निर्मित तस्बिरहरू पछिल्लो समय नकारात्मक तरिकाले समेत प्रयोग हुन थालेपछि यसमा संलग्न कम्पनीहरु जिम्मेवार बन्ने प्रयासमा लागेका छन् ।