नबिल बैंक र युनाइटेड फाइनान्सले गरे एकीकृत कारोबार

चुक्ता पुँजी पुग्यो १३ अर्ब ८४ करोड

नबिल बैंकले युनाइटेड फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजेशन) गर्ने प्रक्रिया पूरा भएको छ । आज आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र पौडेल र वसन्तकुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौडेलले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । पुँजीकोष ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धी भइ १३५ हुनेछ र एटीएम संख्या भने १८३ हुनेछ ।

निक्षेपको आकार  बढेर २१६ अर्ब रुपैयाँ हुनेछ । कर्जाको पनि आकार २०१ अर्ब रुपैयाँ भएको छ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब रुपैयाँमाथि हुनेछ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आफ्नाृ नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार