सिटी एक्सप्रेसद्वारा बम्पर उपहार विजेतालाई १० लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफर आइतबार अर्थात् आज असार २७ गते १५ औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सकरात्मक र सबल हुँदै” भन्ने मुल नाराका साथ १५औं वार्षिकोत्सव अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स, कमलादीमा सानो समारोह बिच सम्पन्न गरेको छ ।

उक्त समारोहमा “न एती न उति सिधै लखपति” योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि संसार भरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दाबढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार