रिजनले लिए ‘डेब्यु’ खेलमै विकेट

क्यानडाविरुद्धको खेलबाट नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका रिजन ढकालले पहिलो खेलमै विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाका नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे । रिजनले ‘डेब्यु’ खेलको पहिलो ओभरमा नै विकेट लिएका हुन् । उनले २.५ ओभरमा धनिवाललाई आरिफ सेखबाट क्याच गराए ।

जारी खेलको चार ओभर समाप्त हुँदा क्यानडाले एक विकेट गुमाएर २५ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।

सम्बन्धित समाचार