सरस्वती बहुमुखी क्याम्पसले हल्ट प्राइज आयोजना गर्ने

सरस्वती बहुमुखी क्याम्पसले हल्ट प्राइज प्रतियोगिता अ‍ायोजना गर्ने भएको छ । क्याम्पसले २०२३–२०२४ कोहोर्टको लागि हल्ट प्राइज प्रतियोगिता अ‍ायोजना गर्न लागेको हो ।

हल्ट प्राइज प्रतियोगिताको सञ्चालनका लागि संचालक लीला धर कोइराला र उपसंचालक पुस्प राज फुलारा, सार्वजनिक संचार प्रबन्धक मेरिना मण्डल, स्टार्टअप समन्वयक दिपेश पराजुली, मार्केटिंग हेड सौरव पान्थीसहित ३० जना समिति सदस्यहरूले सक्रिय रूपमा काम गरिरहेका छन् ।

हल्ट प्राइज के हो र यसमा अ‍ाफ्नो बौद्धिक जुक्तिअनुरुप कसरी सहभागी हुने भन्नका लागि गत २ फेब्रुअरी, २०२४ मा अभिमुखीकरण कार्यक्रमको अ‍ायोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा करिब १ सय २० जना विद्यार्थीलाई आधुनिक समस्याहरूमा नविन समाधानका बारेमा तयारी गराइएको छ।

कार्यक्रममा महत्त्वपूर्ण अतिथि इप्सा गिरी (हल्ट प्राइज नेपालको विपणन समन्वयक) र सुभी काफ्ले (हल्ट प्राइज नेपालको देशीय समन्वयक) लाई प्रस्तोताको रुपमा स्वागत गरिएको थियो । प्रस्तोताको उपस्थितिले उद्यमीहरूका लागि राम्रो मार्गदर्शन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने अ‍ात्मबल बढेको बताइएको छ।

कार्यक्रममा क्याम्पस प्रमुख डा. गोल्मन गुरुङ, सहायक क्याम्पस प्रमुख नारायण आर्याल, सहायक क्याम्पस प्रमुख लक्ष्मी थापा, व्याख्याता गणेश दत्त पंत, व्याख्याता पदम लामा, स्वतंत्र विद्यार्थी संघका अध्यक्ष मुस्कान राज गौतम, र उद्यमी आदित्य आचार्य सहभागी भएका थिए ।
हल्ट प्राइज फाउन्डेशन २१ औं शताब्दीको लागि सामाजिक उद्यमशीलता र युवा सशक्तिकरणमा एक ग्लोबल लिडर हो। हल्ट प्राइजले प्रभाव केन्द्रित कार्यक्रमहरू, घटनाहरू र तालिमहरू विश्वव्यापी रूपमा १२० भन्दा बढी देशहरूका लाखौं विद्यार्थीहरूका लागि ल्याएको छ, जसले सबै ठाउँमा युवाहरूलाई राम्रो संसार निर्माण गर्न कदम चाल्ने बाटो सिर्जना गरेको छ। प्रत्येक वर्ष दर्जनौं देशहरूका हजारौं विश्वविद्यालयका विद्यार्थीहरू यसमा सहभागी हुन्छन् र यसको स्थापनादेखि सहभागीहरूले उच्च शिक्षाका ५ हजारभभन्दा बढी संस्थाहरूको प्रतिनिधित्व गरेका छन्।

ग्लोबल स्टार्टअप पुरस्कारको रुपमा १० लाख डलर पुरस्कार रहेको छ।