पाकिस्तानमा नेशनल एसेम्बली र प्रान्तीय चुनाव बिहीबार एक साथ भइरहेको छ। मतदान बिहान साढे ८ बजेदेखि सुरु भएको हो। यो क्रम साँज साढे ५ बजेसम्म चल्ने छ ।
चुनावका बीच पाकिस्तानका कयौँ स्थानमा हिंसा भएको छ । चुनावका क्रममा खैबर पख्तुनख्वामा भएको गोलीबारी र विस्फोटमा परेर कम्तीमा ५ जना प्रहरी मारिएका छन् ।
उता बलुचिस्तानमा ग्रिनेडबाट आक्रम भएको छ । हिंसाबीच चुनाव भइरहँदा देशभर मोबाइल फोन सेवा बन्द गरिएको छ ।
चुनावका क्रममा पञ्जाव प्रान्तको कोट अड्डु जिल्लामा दलीय उम्देवार अमजद अब्बास चन्दिया र निर्दलीय उम्मेदवार मुर्तजा रहिम खारका समर्थबीच झडप हुँदा १५ जना घाइते भएका छन्।
बलुचिस्तानमा मकरान डिभिजनका कमिश्नर सइद अहमद उमरानीले रोयटर्सलाई बताएअनुसार कयौँ स्थानमा ग्रिनेड आक्रमण भएको छ ।
रोयटर्सले पुलिस प्रमुख रऊफ कैसरानीलाई उद्धृत गर्दै जनाएअनुसार खैबर प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित कुलाची इलाकामा एक पुलिस गस्ती टोलीमाथि हमला भएको छ ।
त्यहाँ बम आक्रमण र गोली चलाइँदा ४ जना पुलिस मारिएका छन् । घटनामा अन्य १२ जना घाइते भएका छन् ।
यसअघि टांक क्षेत्रमा एक मतदान केन्द्रमा गोली चल्दा पुलिसको ज्यान गएको थियो । अहिलेसम्म खैबरमा जम्मा ५ जना प्रहरी मारिएका छन् ।