एसिसी महिला प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी

एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन् । यस्तै सीता राना मगरले ३६ रन जोडिन् ।

हङकङका लागि इक्रा सहर र चान का यिंग क्यारीले समान एक–एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको थियो ।

हङकङका लागि कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १८, यास्मिन दस्वानीले १५, नताशा माइल्सले ११ रन बनाए ।

नेपालकी रुबिना क्षत्री र पुजा महतोले २–२ तथा सीता राना मगरले १ विकेट लिइन् ।

एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ ।

फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् । यस्तै सेमिफाइनल पुग्ने चार टोलीले इमर्जिङ एसिया कप खेल्ने छन् । नेपाल रहेको समूह ‘डी’ मा हङकङ, माल्दिभ्स र भुटान छन् ।

सम्बन्धित समाचार