इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई पराजित गरेको छ ।
गएराति सिटीको मैदानमा भएको खेलमा युनाइटेडलाई सिटीले ३-१ गोलले पराजित गरेको हो ।
युनाइटेडका लागि रासफोर्डले आठौं मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफमा सिटीले तीन गोल फर्कायो ।
सिटीको लागि फिल फोडेलले दुई गोल गरे । उनले ५६ र ८० मिनेटमा गोल गरेका थिए ।
तेस्रो गोल अर्लिङ हालाण्डले गर्न सफल भए। हालाण्डले दोस्रो हाफको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गरेका थिए ।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको सिटीको २७ खेलबाट ६२ अंक भएको छ । शीर्षस्थानको लिभरपुलको ६३ अंक छ ।