अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु, आइएसले लियो जिम्मा

अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

बिहीबार अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो ।

धेरैजसो सरकारी कर्मचारी तलब निकाल्न लाइनमा उभिरहेको बेला विस्फोट भएको हो । विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।

विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ । उसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ ।

बिबिसीका अनुसार विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको छ ।

यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो ।

सम्बन्धित समाचार