दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय ९ईडी० ले पक्राउ गरेको हो । मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको हो । आफ्ना नेता तथा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउको विरोधमा आम आदमी पार्टीले आज भारतका विभिन्न राज्यमा प्रदर्शन गरेको छ। केजरीवाल पक्राउ परेसँगै भारतमा भाँडभैलो मच्चिएको छ ।
हाल खारेज गरिएको दिल्ली मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो। केजरीवाल नेतृत्वको दिल्ली सरकारले १७ नोभेम्बर २०२१ मा मदिरा बिक्रीको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई सुम्पिने गरी नयाँ नीति ल्याएको थियो। उक्त नीतिका कारण दिल्ली सरकारलाई २८ हजार करोड भारतीय रुपैयाँ घाटा भएको प्रवर्तन निर्देशालयको दाबी छ। तर दिल्ली सरकारले गत वर्ष जुलाई ३१ मा सो नीति खारेज गरिसकेको छ।