अष्ट्रेलियामा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई बेपत्ता

क्यानबेरा– दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार दिउँसो डुङ्गा डुब्दा पाँच जना डुङ्गामा सवार थिए ।

केही समयअघि त्यही स्थानको पानीमा एकजना मृत व्यक्ति फेला पारेको प्रहरी अकिरी पल बहरले मंगलबार बिहान पत्रकार सम्मेलनमा बताउनुभएको छ । उनका अनुसार मृत व्यक्तिको पहिचान तथा पुष्टि हुन भने बाँकी नै छ ।

दुर्घटनामा परेका दुई जीवित व्यक्ति एक चट्टानमा फेला परेको स्रोतले बताएको छ । डुङ्गामा सवार रहेका परिवारका सदस्य तथा नजिकका साथीहरूको समूह रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार