माछापुच्छ्रे बैंकले जारी गर्यो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र

माछापुच्छ्रे बैंक लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । बैंकले वार्षिक ८.५० प्रतिशत आकर्षक ब्याजदरसहित १० वर्षका लागि एक हजार रुपैयाँ अंकितदरका ३० लाख इकाई ऋणपत्र ‘माछापुच्छ्रे ऋणपत्र २०८७’ जारी गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको सो ऋणपत्रको कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड ऋणपूजी रकम (५ प्रतिशतअर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल रु। १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाईका लागि आवेदन गर्न सक्नेछन् । ऋणपत्र छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले इक्रा रेटिङ्गमा ए नेगेटिभ प्राप्त गरेको छ । उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो सेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानबाट बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ भने, बैंकको हालसम्म ९ लाख भन्दा बढि ग्राहक पुगेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार