यूनियन लाइफको आइपिओ बाँडफाँट, ५ लाख ८० हजारले पाए

यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । बाँडफाँटमा ५ लाख ८० हजार ५०० जनालाई आईपीओ परेको इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

आईपिओको नतिजा प्रशोधनकै क्रममा रहेकाले केहीबेरमा क्यापिटलको वेबसाईट र मेरो सेयरमा हेर्न सकिने छ । असार २४ गतेदेखि खुलेको आईपिओमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । तीमध्ये ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारण रद्द भएको छ भने ६५ हजार १७५ जनाको बैंकिङ विवरण नमिल्दा रद्द भएको छ । यसरी कुल ६९ हजार ९७६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

इन्स्योरेन्सको आईपिओमा आवेदन गरेका कुलमध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारी र ५ प्रतिशत सामूहिक लागानी कोषलाई छुट्याएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार