काठमाडौं – जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीको अनुसन्धान थालेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागलाई लामिछानेका नागरिकता र राहदानी सम्बन्धित विवरण माग गरिएको छ । थप अनुसन्धान गर्नुपर्ने देखिए प्रहरीलाई अनुसन्धान गरी मुद्दा दर्ता गर्न लेखि पठाइने बताइएको छ ।
युवराज पौडेलले लामिछानेले कायम नभएको नागरिकता प्रयोग गरेको र झुठो विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन्।