काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आब्हान गरेको छ।
अर्थतन्त्रमा देखिएका बाह्य समस्या समाधानतर्फ उन्मुख भए पनि अन्य सूचकहरुमा उल्लेख्य प्रगति हुन नसकिरहेको र आर्थिक क्रियाकलाप सुस्ताई सबै क्षेत्रको व्यापार व्यवसाय चौपट भइरहेको बेला आउन लागेको मौद्रिक समीक्षालाई चासोको साथ हेरिएको छ ।